मासिक राशिफल , १ ,चैत, २०७१ तपाई को चैत महिना कस्तो छ त !
==============================
=================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries
आम्दानीमा कमी आउनुका साथै आर्थिक
अभावले सताउने समय छ।
टाउको वा आँखामा समस्या देखिन सक्छ। ठूलो आशा देखाएर
ठगी गर्नेहरूले सताउन सक्छन्।
काममा ढिलासुस्ती र
सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला।
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ।
विपरीत
लिंगी वा केही हितैसी मित्रहरूले
साथ दिनेछन्। तर,
समयमा उचित व्यवहार नपुग्नाले मित्रजनबाट सोचेको लाभ
उठाउन नसकिएला। लगानी वा श्रमको प्रतिफल कममात्र
पाइएला। धेरै प्रयत्न र दौडधुपपछि आंशिक लाभ मिल्नेछ।
महिनाको सुरु वा अन्तिम समयमा बढी फाइदा हुनेछ।
=
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
विभिन्न अवसरले पछ्याउनेछन्।
छोटो समयमा राम्रो फाइदा उठाउन
सकिनेछ। रोकिएका काम बन्नुका साथै
आयआर्जनका स्रोतसमेत बढ्नेछन्।
खुसीको समाचार सुन्न पाइनेछ। पुरस्कार, प्रशंसा,
ख्याति आदि पाइएला। प्रेम र मित्रताको बन्धन कसिने
बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। कृषि,
पशुधनबाट
पनि यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र
पढाइलेखाइमा पनि प्रगतिको समय छ। मानसम्मान
पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ।
परिवारजनमा आत्मीय
भाव र विलासिता बढ्नेछ। तर, उच्च महत्वाकांक्षाले
केही नोक्सानीसमेत निम्त्याउन सक्छ, सचेत
रहनुहोला।
=
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
सामाजिक रूपमा ख्याति बढ्नेछ। नोकरी र
राजनीतिमा लाग्नेहरूलाई
फाइदाको वातावरण बन्नेछ। घरमा मंगलमय
कार्यहरू सम्पादन हुनेछन्। प्रशस्त धनलाभ हुनेछ। बहुमूल्य
रत्नहरू
संग्रह गर्न सकिनेछ। कीर्तिमानी काम
सम्पादन हुन सक्छ।
पुरस्कार, मानसम्मान आदि पाइएला। व्यापार
तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र
पशुधनबाट
पनि राम्रै फाइदा हुनेछ। तपाईंको प्रतिभाको धेरैले
प्रशंसा गर्नेछन्। तर, परिवारजनमा असमझदारी बढ्न
सक्छ।
आफन्तबाट धोका पाइने समय छ। केही व्यावहारिक
अप्ठ्यारोमा परिएला। विशेष योजनाहरू गोप्य
रहँदा फाइदा होला।
=
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
स्थायी सम्पत्तिमा विवाद आउनुका साथै
खर्चको मात्रा बढ्न सक्छ। बन्धुबान्धवसँग
असमझदारी बढ्ने योग छ। गुरु
तथा मान्यजनबाट पनि टाढिनुपर्ला। शारीरिक
अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ।
सहयोगीहरूले
हात झिक्न सक्छन्। एक्लोपन महसुस हुनेछ।
हातमा आएका केही अवसर गुम्नेछन्।
अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ।
अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि धार्मिक र
सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ।
परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। दाम्पत्य सम्बन्ध
सुमधुर बन्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ।
=
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
खोजमूलक अध्ययनमा लाग्नेहरूका लागि यो महिना लाभदायक रहनेछ।
परिवारजनले साथ दिनेछन्। तर, व्यवसाय र आयमूलक
काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन
सक्छ।
खराब व्यक्तित्वको विश्वासमा पर्नाले
काममा धोका पाइएला।
विगतका गल्ती वा कमजोरीप्रति पछुतो लाग्नेछ।
मानसिक
डरले समेत सताउने समय छ। राजनीतिक र सामाजिक
प्रभाव
कमजोर बन्ला। महत्वपूर्ण काममा बाधा पुर्याउनेहरू सक्रिय
हुनेछन्। केही दण्ड–जरिवानामा परिएला। चोटपटक
वा हाड–
जोर्नीमा समस्या देखिएकाले सवारीसाधन
वा हातहतियारको उपयोग गर्दा सावधानी अपनाउनुपर्ला।
=
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला।
आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न
सकिनेछ। मान–सम्मान बढ्नेछ। तर,
समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ।
सरकारी कामकाजमा विलम्ब हुनेछ। अरूको भरपर्दा काम
बिग्रन सक्छन्। घरखर्च बढ्नुका साथै
व्यापारमा पनि केही मन्दी आउला।
जीवनसाथीलाई
पनि केही पीडा हुने ग्रहयोग छ।
स्वास्थ्यबाधा र
रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ।
महिनाको दोस्रो साताबाट स्थितिमा सुधार आउनेछ।
व्यापार—व्यवसायमा लगानी बढाउन सकिनेछ।
रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्।
=
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
प्रगतिको समय छ। स्वास्थ्य सबल रहनेछ। सुखद
समाचारले आनन्द पाइएला। राजनीतिक पहुँच
बढ्नेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ।
लामो समयदेखि रोकिएका काम
बन्नुका साथै नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ।
आर्थिक समस्या सुल्झनेछ। काममा सहयोगीले साथ
दिनेछन्।
विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। शत्रुबाधा,
मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट
मुक्ति मिल्नेछ। शत्रुहरूलाई दमन गर्न सकिनेछ।
महिनाको दोस्रो साताबाट पारिवारिक सम्बन्ध
अलि कमजोर बन्न सक्छ। पतिपत्नीबीच
असमझदारी बढ्ने
सम्भावना छ, सचेत रहनुहोला।
=
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ। तर,
शत्रुहरूको चलखेल बढ्न सक्छ। प्रतिस्पर्धीहरूले
तपाईंको ठाउँ ओगट्न सक्छन्, सचेत रहनुपर्ने
बेला छ। दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले
विपक्षीलाई तह लगाउन सकिनेछ।
पठनपाठनमा राम्रो उन्नति हुनेछ। सन्तान वा अनुयायीले
पनि प्रसन्नता दिलाउनेछन्। प्रेम र मित्रताको बन्धन कसिने
समय छ। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ,
खानपानमा सजग रहनुहोला। महत्वपूर्ण
काममा ढिलासुस्ती र
सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला।
शारीरिक शिथिलता वा आलस्य बढ्नाले उत्साहमा भने
कमी आउला।
=
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन
सक्छ। एकसाथ अनेक काम सुरु गरिएला। तर,
अधुरै रहलान्। कीर्ति राख्न
गरिएको प्रयासले उल्टै क्षति हुन सक्छ, सचेत रहनुहोला।
चोटपटक वा ज्वरो जस्ता समस्याले पनि सताउने समय छ।
आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले
त्यसप्रति चिन्ता बढ्न सक्छ। घर–
जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र
व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। परिवारिक
असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला।
तापनि,
साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ।
प्रतिष्ठित
व्यक्तितवसँग मित्रता गाँस्ने मौका छ।
=
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
यो महिना निकै लाभदायक रहनेछ। विशेष मान–सम्मान र पद–
प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा विशेष
सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ।
लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्।
नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ
मिल्ने देखिन्छ।
तर, समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग
नजिकिनुपर्ला। यसले सामाजिक प्रतिष्ठा कमजोर बनाउन
सक्छ, सचेत रहनुहोला। घरमा सुख–समृद्धि बढ्नेछ।
तापनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने
केही विवाद निस्कन सक्छ।
दाजुभाइमा केही असमझदारी बढ्ने
सम्भावना देखिन्छ।
=
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पढाइ, लेखन, संगीत र
कलामा रुचि बढ्नुका साथै
प्रतिभाको उचित कदर हुनेछ। व्यवसाय र
उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पराक्रम बढ्नेछ।
प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गरिएला। सामाजिक
प्रतिष्ठा पाइनेछ। तर, यदाकदा दृष्टिभ्रममा परिएला।
आँखाको समस्याले सताउन सक्छ। धनमाल हराउने, चोरिने
वा ठगीमा परिने समेत ग्रहयोग छ। विशेष
पदमा बसेका वा राजनीतिक पृष्ठमूमिका व्यक्तित्वबाट
धोका पाइनेछ, सचेत रहनुहोला। तापनि, प्रयत्न
गर्दा अप्ठ्यारा काम समेत सम्पादन गर्न सकिनेछ। प्रेम र
मित्रताको बन्धन पनि कसिनेछ। शत्रुपक्षलाई वशमा ल्याउन
सकिनेछ।
=
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
स्वास्थ्यमा केही समस्या देखिए
पनि भोगविलासमा मन रमाउनेछ। प्रेम र
मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्य
सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार
हातलागी हुनेछन्। कृषि व्यवसाय तथा पशुधनबाट विशेष
फाइदा उठाउन सकिनेछ। तर, ज्वरो, टाउको दुखाइ
वा आँखाको समस्याले भने अलि सताउने देखिन्छ।
जिम्मेवारीपूर्ण काम समयमा सम्पादन गर्न नसकिएला।
हातबाट अवसर फुत्कन सक्छ।
परिवारजनमा असमझदारी र
मित्रजनसँग वैरभाव बढ्न सक्छ।
तपाईंको कमजोरीप्रति आफन्तजनमा टिप्पणी वा गुनासो बढ्ला।
विपरीत लिंगीहरूको माध्यमबाट लाभ हुनेछ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Saturday, March 14, 2015
चैत्र महीनाको मासिक राशिफल:
Labels:
राशिफल




0 comments: