काठमाडौं, फागुन २९ नेपाली सेनाको श्रीनाथ
गणमा कार्यरत रुद्रबहादुर थापाले नेपाली सेना मै
कार्यरत रोहित कुमार ओझाको हत्या गरेका छन्।
आफ्नी श्रीमतीसँग
नजिकिएको भन्दै उनले ओझाको हत्या गरेको प्रहरीले
जनाएको छ। गत फागुन १५ गते
सेनाको आर्टिलरी गणबाट अस्पताल जान्छु भन्दै
हिँडेका ओझा सम्पर्कमा नआएपछि परिवारको उजुरीका आधारमा प्रहरीले
उनको खोजी सुरु गरेको थियो।
अनुसन्धानका क्रममा ओझाको मोबाइल सम्पर्क थापासँग धेरै पटक
भएको देखिएकाले प्रहरीले
थापाको पनि खोजी गरेको थियो। संयोगले
उनीपनि त्यहि दिनबाट कार्यलयमा हाजिर
भएका थिएनन्। प्रहरीले उनलाई
रुपन्देहीको देवदहको एक होटलबाट बिहिबार प्रक्राउ
गरेपछि ओझाको हत्या भएको खुलसा भएको हो। थापाको बयान
अनुसार २०६६
सालमा सिराहामा उनकी श्रीमती आस्था मगर
र ओझाको चिनजान भएको थियो।
त्यसपछि उनीहरुको मोबाइलमा कुराकानी हुन्थ्यो।
केही समयपछि थापाले नेपालटारमा कोठा भाडामा लिइ
श्रीमतीलाई राखेर
विदेशी मिशनमा गएका थिए। फर्केर आउँदा पनि ओझा र
श्रीमतीको सम्बन्ध रहेको थाहा पाएर
श्रीमतीसँग सोधपुछ गरेका थिए।
त्यसपछि ओझाले थापाकै सामुन्ने
भद्रकाली मन्दिरमा मगरलाई बहिनी मानेर
टिका लगाएका थिए। बहिनी मानेपनि उनको कोठामा आउजाउ
गरिरहन्थे। फागुन १५ गते अल्का अस्पताल जान्छु
भनी हिँडेका ओझाले थापालाई नारायणस्थानमा भेटन
बोलाए। दुईजनाबीच कुराकानीका क्रममा विवाद
भएपछि थापाले ओझालाई छालाको बेल्टले प्रहार गरे। अचेत
बनेपछि केही तल गुल्टाइदिए। ओझाकै मोबाइलबाट
श्रीमतीलाई फोन गरेर ओझालाई
मारिदिएको बताए। त्यस रात उनी कोठामा आएर बसे।
अर्को दिन व्यारेकमा गए। तेस्रो दिन फेरि घटना स्थलमा गई
ओझाको लासलाई चक्कुले खाल्डो खनेर गाडी दिए।
अर्कोदिन बैंकबाट पैसा निकाली पोखरा हुँदै
रुपन्देही गएर
होटलमा बसेको अवस्थामा प्रहरीले उनलाई बिहिबार
प्रक्राउ गरेको हो। थापालाई प्रहरी कर्तव्य ज्यान
मुद्धा चलाउने भएको छ। अनुसन्धानबाट खुल्न आएका कुराहरु Ø
२०६६ सालमा रुद्र बहादुर थापा सिराहमा कार्यरत
हुँदा निजकी श्रीमती पनि सिराहामा नै
सँगै बसेको र मृतक रोहित कुमार ओझा परीक्षा दिन
सिराहा गएको बेला रुद्र
थापाको श्रीमती आस्था थापा मगरसँग परिचय
भई फोन नं.आदान प्रदान भएको। Ø पछि रोहित ओझाले २ वटा एन
सेलको सिम निकाली एउटा आस्था मगरलाई दिएको र
एउटा आफैंले चलाउने गरेको र आस्था मगरसँग सम्पर्क गर्नु
परेमा आफूले दिएको नं.मा मात्र सम्पर्क गर्ने गरेको। Ø रुद्रबहादुर
थापाले
का.जि.नेपालटारमा कोठा खोजी श्रीमतीलाई
त्यही राखि आफू विदेश गएको। Ø हाल रुद्र बहादुर
थापा काठमाडौं सरुवा भई आए पश्चात् रोहित कुमार ओझा र
आस्था मगरबीचको सम्बन्धका बारेमा थाहा पाएपछि निजकि श्रीमतीसँग
रोहितसँगको सम्बन्धका बारेमा सोधपुछ गरेको। Ø मिति २०७१/११/०९
गते रोहित ओझा,रुद्र थापा र आस्था मगर का.जि.
भद्रकालीमा जम्मा भई रोहित ओझाले
आस्था मगरको खुट्टा ढोगी बहिनी मानी टिका लगाई
ढोगे पश्चात् पनि बारम्वार रुद्र थापाको कोठामा जाने गरेको। Ø
मिति २०७१/११/१५ गते ११:३० बजेको समयमा ललितपुर लगनखेल
अफिसबाट रोहित कुमार ओझा अल्का अस्पताल जान्छु
भनि ब्यारेकबाट निस्केपछि कोहि कसैको सम्पर्कमा नआएको। Ø
सोहि दिन रोहित ओझाले रुद्र थापालाई फोन गरि नारायणस्थानमा भेट्न
बोलाएको र डाँडा गाउँमा भेट भई गफ गर्दै बिष्णुद्वार तर्फ गएको। Ø
जाँदै गर्दा विष्णुद्वार नजिकै पुगेपछी एक आपसमा विवाद
भएको सोही क्रममा रुद्र थापाले रोहित ओझालाई आफूले
लगाएको छालाको बेल्टले प्रहार गरेको, निज रोहित ओझा अचेत
अवस्थामा लडेपछी केहि तल गुल्टाई
रोहितको साथमा रहेको मोवाईलबाट
आफ्नी श्रीमती आस्था मगरलाई
फोन गरि रोहितलाई मारिदिएको कुरा गरेको र घटनास्थलबाट
रोहितको मोवाईल समेत लिई नेपालटारमा रहेको कोठामा गई बसेको। Ø
मिति २०७१/११/१६ गते शिवपुरी ब्यारेकमा गई बसेको र
मिति २०७१/११/१७ गते बिहान ०३:०० बजेतिर
पानीको पाईप बनाउने बहानामा पुन: घटनास्थलतर्फ
गएको, घटनास्थलमा रोहितको लाश देखेपछी लासलाई
केही पर घिसारी आफूसँग रहेको चक्कुले
खाडल खनि लाशलाई पुरी त्यहाँबाट ०६:०० बजेतिर
ब्यारेक गई ब्यारेकबाट पु:न नेपालटार कोठामा आएको। Ø कोठाबाट
न्युरोड गई माछापुच्छ्रे बैंकबाट रु.५०,०००/–
निकाली त्याहाँबाट पोखरा हुँदै बुटवल गई
होटलमा बस्ने गरेकोमा मिति २०७१/११/२८ गते
जि.रुपन्देही देवदह-२ पेटवनियाबाट पक्राउ परेको।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Friday, March 13, 2015
आफ्नो श्रीमतीसँग सम्बन्ध राखेको भन्दै सैनिकले गरे सहकर्मीको हत्या
Labels:
news,
world top news




0 comments: