कञ्चनपुर, फाल्गुन २६ - उमेर छँदा उनी दिनरात
काममा जोतिए । गाई, भैंसी र
बाख्रा चराउनेदेखि खेतीपातीको सबै काम
गर्थे । घरको सबै काम गरेर २ छाक खान र बस्न पाउँथे । उमेर
ढल्केर काम गर्न नसक्ने भएपछि खान त के उनलाई बस्न
पनि गाई गोठमा राखियो ।
भीमदत्त १८ भण्डारी टोलमा ६
महिनादेखि गाई गोठमा राखिएका ९० वर्षका नरबहादुर थापालाई
सोमबार महिला अधिकारकर्मी र
प्रहरीको टोलीले उद्धार गरेको छ ।
उनलाई उपचारका लागि महाकाली अञ्चल
अस्पतालमा भर्ना गरिएको छ । उनलाई गोठमा राख्ने
सावित्री श्रेष्ठलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । नरबहादुर
लामो समयदेखि सावित्रीकै घरमा बस्दै आएका थिए ।
'६ महिनादेखि यही गोठमा बसिरहेको छु,'
राम्ररी बोल्न समेत नसक्ने अवस्थामा रहेका थापाले
रुँदै भने, 'राम्ररी खान नपाएको पनि धेरै भयो ।' हिउँद
याममा समेत उनलाई
त्यही गोठमा राखिएको स्थानीय बासिन्दाले
बताए । 'हिउँदमा चिसोले भुइँमा सुत्नै नसकिने अवस्था थियो,'
उनले भने, 'जाने ठाउँ कतै थिएन, त्यही चिसोमा सुतें
।'
उनका आफन्त कोही छैनन् ।
पत्नी बितेको पनि उनलाई
राम्ररी थाहा छैन । 'छोराहरूलाई पनि बाघले खायो,'
उनले भने, 'आफन्त भन्नु यो दुनियाँमा कोही छैन ।'
उनको पुख्र्याैली घर ओखलढुंगा हो । तर उनलाई
ठ्याक्कै कुन ठाउँमा हो भन्ने जानकारी छैन । 'तल
खोला छ, मेरो घर माथि डाँडामा थियो,' उनले भने, 'गाउँ- ठाउँको नाम
मलाई थाहा छैन ।' उनी १५
वर्षको उमेरमा महेन्द्रनगर आइपुगेका थिए ।
म्ाहेन्द्रनगर आएपछि उनले ११ कठ्ठा जमिन जोडे । तर नगर
विकास समितिले उक्त जमिन उनको नाममा पास गरिदिएन । उक्त
जमिन पछि एक विद्यालयलाई प्रदान गरियो । 'त्यसपछि १
कठ्ठा जमिन जोडें, त्यो पनि कसले खायो भन्ने थाहा छैन,' उनले
भने । स्थानीय बासिन्दाका अनुसार उनको एक
कठ्ठा जमिन उनलाई आश्रय दिने
सावित्रीका पति डम्बरले आफ्नै नाममा दर्ता गर्न
लगाएका थिए । डम्बरले जमिनकै लोभमा आपmनो घरमा आश्रय
दिएर काम गराउँथे । श्रेष्ठ परिवारले उक्त जमिन
आफ्नो नाममा गराएपछि उनको वास्ता गर्न छाडेको हो । 'जमिन
आफ्नो नाममा भएपछि वृद्धलाई राम्ररी खान समेत
दिंदैनथे,' एक स्थानीय बासिन्दाले भने, 'काम गर्न
सक्ने अवस्थासम्म घरमा राखियो, त्यसपछि गोठमा फालियो ।'
सावित्रीका अनुसार नरबहादुर विगत १५
वर्षदेखि उनको घरमा बस्दै आएका छन् ।
'पुरानो घरमा उनी हाम्रो परिवारसँगै बस्थे,' उनले
भनिन्, 'नयाँ घर बनेपछि उनलाई माथिल्लो तलामा जान
अप्ठ्यारो भएकाले गोठमा राखिएको हो ।' गोठमा पराल र
झुत्रा कपडा राखिएका थिए । नरबहादुर हिंडडुल गर्न नसक्ने
भएकाले ओड्ने, ओछ्याउने कपडा दिसापिसावले लतपतिएका छन् ।
सोमबार जिल्ला प्रशासन
कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले
वृद्धको उपचारपछि कानुनी प्रक्रिया थाल्ने निर्णय
गरेको छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Tuesday, March 10, 2015
गोठमा राखिएका वृद्धको उद्धार
Labels:
news




0 comments: