कतारमा एक नेपाली युबती बच्चा जन्माउनुजेलसम्म
त्यसमा सफल भइन्
।नवलपरासीकी एक
२३ बर्षीया युवतीले
गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै
अरुले थाहा पाए । ‘हामीले उसको पेट पहिलादेखि नै
बढिरहेको देखेको थियौं’, ती युबतीसँगै काम
गर्नेले भनिन्, ‘उसलाई पहिला देखि सोध्दै आइरहेको थियौं । तर,
उसले सधै मोटाएको भनेर ढाँटदै आइन ।’ कान्तिपुर दैनिकमा समाचार छ
।
ती युबतीले करिब तीन
किलोको छोरालाई जन्म दिएकी छन् । बेथा लागेपछि एक्लै
शौचालयभित्र छिरेकी उनी सहन
नसकेपछि कराएपछि मात्रै अरुले चाल पाएका थिए ।
‘हामीले शौचालय गएको भनेर त्यति वास्ता गरिनौं’,
युवतीकी साथीले भनिन्-
‘एकैपटक ठूलो चिच्याहट आएपछि मात्रै दुगुरेर गयौं । शौचालय खोलेर
हेर्दा उनको साथमा बच्चा थियो ।’
आमा र बच्चालाई हमादको महिला अस्पतालमा राखिएर थप उपचार
गरिएको छ । दुबैको अबस्था सामान्य छ । नवजात
शिशुका पिता तनहुँका परियार थरका एक युबक
भएको ती युबतीले बताइन् । ९
बर्षदेखि कतारमा ड्राइभिङ गर्दै आएका ती युबक
बिबाहित हुन् । उनको दुई वटा बच्चा रहेको खुलेको छ ।
युबती गर्भवति भएर पनि नियमित
डिउटी जाने गरेकी थिइन् । आमा र
बच्चा बाहिर बस्ने ठाँउ नभएकोले अस्पतालमै छन् ।
युबतीले बिबाह दर्ता देखाउन
नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘बच्चाको जन्म दर्ता बनाउने बेला अस्पतालले बिबाह दर्ता र
बाबुको राहदानी दिन भनेको थियो’, हमादमा कार्यरत एक
नेपालीले भनिन, ‘दुबै देखाउन नसकेपछि अस्पतालले
प्रहरीलाई खबर गरेको थियो ।’
कतारको कानुन अनुसार अवैध सम्बन्ध राखेर बच्चा जन्माउनु गंभिर
अपराध हो । यस्तोमा युबती र युबक दुबै
कारबाहीको भागिदार हुनुपर्नेछ । ‘जबसम्म अदालतबाट
फैसला हुदैन, तबसम्म बच्चा र आमालाई नेपाल पठाउन मिल्दैन’,
दुताबासका एक अधिकारीले भने ।
यसअघि रोल्पाकी एक युबतीले यसै
गरी वच्चा जन्माएकी थिइन ।
उनका केटासाथी फरार भएका थिए । झन्डै एक बर्ष जेल
बसेपछि मात्रै बच्चासहित उनी स्वदेश
फिरेकी थिइन ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Monday, March 9, 2015
नेपाली युवतीले कतारको शौचालयमा बच्चा जन्माएपछी….
Labels:
news,
world top news




0 comments: