Sunday, March 15, 2015

पाकिस्तान सहर लाहोरस्थित दुई चर्चमाथि भएको आतंककारी आक्रमणमा परि कम्तिमा १४ जनाको मृत्यु


पाकिस्तान । पाकिस्ताननी सहर
लाहोरस्थित दुई
चर्चमाथि भएको आतंककारी आक्रमणमा परि कम्तिमा १४
जनाको मृत्यु भएको छ ।
आक्रमणको पाकिस्तानी तालवानी निकट
एक संगठनले जिम्मा लिएको छ ।
अन्र्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाए
अनुसार आक्रमणमा परि ५०
जना भन्दाबढि घाईते भएका छन् । घाईतेमध्ये
केहीको अवस्था गम्भिर
रहेको जनाईएको छ । आईतवार विहान
प्रार्थना सभा चलिरहेको अवसरपारी अक्रमण
भएको थियो । दुवै
चर्चमा भएको आक्रमणको जिम्मा पाकिस्तानी तालिवान
निकट रहेको एक
आतंककारी समुह जमातुर
एहरारले लिएको छ । त्यस संगठनले यस
भन्दा पहिले पनि क्याथोलिक
चर्चहरुमा आक्रमण गरेको सञ्चार
माध्यामहरुले जनाएका छन् ।
आक्रमणमा परि मृत्यु
हुनेमा इसायी धर्मानुयायीका अलवा एक
प्रहरी र
नीजि सुरक्षाकर्मी पनि रहेको लाहोर
प्रहरीका उपप्रमुख इरफान
अस्रफले जानकारी दिएका छन् ।
बम आक्रमण पश्चात भेला भएका मानिसहरुले
आक्रमणकारीको आशंकामा एक
व्यक्तिलाई कुटपिट गरि जिउदै
जलाएको पाकिस्तानको चर्चित पत्रिका डनले
जनाएको छ । बम आक्रमण भएको स्थान
लाहोरको योहानवादमा पर्दछ । योहानवाद
पाकिस्तानको सवैभन्दा धेरै इसाईहरु
भएको स्थान हो । पाकिस्तानमा इसाईहरु
असुरक्षित मानिन्छन् ।
केही बर्षयता इस्लामिक
विद्रोहीहरुले इसाई
धर्मानुयायी एवं चर्चमाथि सुनियोजित
किसिमले अक्रमणहरु गरिरहेका छन् । लाहोर
चर्च आक्रमणको पाकिस्तान सरकारले
भत्र्सना गर्दै आक्रमणकारीलाई
कानुनी कठघरामा ल्याउने र
सुरक्षाको बडा बन्दोवस्त गर्ने जनाएको छ ।
आक्रमणको विश्व
समुदायलेपनि भत्र्सना गरेको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top