दाह्री खौरिँदा काट्यो ? खबरदार ज्यानै जाला
==============================
मानिसमा रोग सिर्जना गर्ने जिवाणुहरुमा
एन्टीबायोटिक औषधि विरुद्धको प्रतिरोधी यति तिब्र
रुपमा बढ्दैछ की आउँदो ३५ वर्षमा ३ करोड मानिसहरुको
प्रतिरोधी ब्याक्टेरियाकै कारण अकालमा मृत्यु हुनसक्छ ।
बेलायती सरकारले गठन गरेको विज्ञहरुको एक समूहका
अध्यक्ष समेत रहेका अर्थशास्त्री जिन ओनिलका अनुसार
यदि यो चुनौतिसँग तत्कालै जुध्न सकिएन भने भविष्यमा
तपाइँ दाह्री खौरिँदा बनेको सामान्य घाउ समेत निको
नभएर ज्यान गुमाउन बाध्य हुनुपर्नेछ ।
ओनिलको नेतृत्वमा बनेको समीक्षा टोलीले नयाँ
एन्टिबायोटिक औषधि विकाश गर्ने अनुसन्धानका लागि
दुइ अर्ब डलर रकम प्रदान गर्न समेत उनीहरुले औषधि
उद्योगहरुसँग माग गरेको छ ।
एन्टिबायोटिक प्रतिरोधक तथा एन्टीमाइक्रोबायलको
समस्या विश्वभरी नै रहेको विज्ञहरुको भनाइ छ ।
उनीहरुका अनुसार सन् २०५० सम्ममा बि्रक्स देशहरु, ब्राजिल,
रुस, चीन, भारत र दक्षिण अफ्रिकाको अर्थव्यवस्था
अमेरिकाको जत्रै हुने तर एन्टीबायोटिक प्रतिरोधीताको
खतरा ती देशमा कैयौँ गुणा बढ्नेछ ।
एन्टीबायोटिक विरुद्धको प्रतिरोध यहीँ रफ्तारले बढ्दै
गएमा सन् २०५० सम्ममा विकाशशील देशहरुमा हरेक वर्ष
एन्टीबायोटिक प्रतिरोधी जिवाणुकै कारण १० लाख
मानिसहरुको ज्यान जाने र युरोपमा त्यो संख्या प्रतिवर्ष
२ लाख डलर हुनसक्ने ओ निलले बताएका छन् । उनका अनुसार
त्यो स्थिति महाप्रलय जस्तै भयानक हुनेछ ।
उनी भन्छन्, ‘यदि नयाँ एन्टिबायोटिक औषधि विकशित
भएन भने हाम्रा दैनिक काम समेत ज्यानमारा सावित हुनेछन्
। दाह्री खौरिने बेला बनेको घाउ तथा बगैँचामा काम
गर्दा बनेको घाउका कारण समेत हाम्रो ज्यान जानेछ । अझ
अंग प्रत्यारोपण जस्ता काम त असम्भव हुनेछन् ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Sunday, May 24, 2015
दाह्री खौरिँदा काट्यो ? खबरदार ज्यानै जाला
Labels:
world top news




0 comments: