Monday, May 4, 2015

८ वर्षपछि विश्वभर इन्टरनेट बन्द हुने चेतावनी 


८ वर्षपछि विश्वभर इन्टरनेट बन्द हुने चेतावनी

मिडिया एनपी, काठमाडौं । इन्टरनेटको सहयोगले
हिजोआज हरेक क्षेत्रका व्यक्तिलाई आफ्नो काम र
जिम्मेवारी पूरा गर्न मात्रै मद्दत गरेको छैन, छिटो र
छरितोसँग सम्पर्क पनि गराएको छ । यसैको प्रयोगले
हरेक कुराको जानकारी तत्कालै प्राप्त गर्न सकिने
अवस्था पनि ल्याएको छ । तर, यही इन्टनेट नै बन्द हुने
चेतावनी वैज्ञानिकले दिएपछि अहिले सर्वत्र
चिन्ताको बहस सुरु भएको छ ।
वैज्ञानिकहरुका अनुसार करिब ८ वर्षपछि इन्टरनेट
बन्द हुनुको मुख्य कारणहरु छिटो डाउनलोडको माग र
हाम्रो सुपर कम्प्यूटरको इन्टरनेटमा पर्ने दबाव हो ।
ल्यापटप, स्मार्ट फोन तथा ट्याब्लेटहरुसम्म डेटा
लैजाने अप्टिकल फाइबरहरुको काम गर्ने क्षमता चाँडै
सिमित हुनसक्ने र इन्टरनेट सेवा ठप्प हुन सक्ने चेतावनी
इन्जिनियरहरु र टेलिकम कम्पनीहरुले दिईसकेका
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो समस्या समाधानका लागि इन्टरनेट सेवा दिने
कम्पनीहरुले आफ्नो केबलहरुको क्षमता बढाउन सक्छन्
तर यसो गर्दा इन्टरनेट सेवा महँगो पर्न जाने उनीहरुको
भनाइ छ । इन्टरनेट बन्द हुन सक्ने अनुमान गरिएपछि यस
विषयमा लण्डन रोयल्स सोसाइटीले इन्जिनियर र नेट
विशेषज्ञहरुलाई बैठकका लागि बोलाइसकेको
बताइएको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top