Sunday, June 14, 2015

रितुको हत्यारालाई सर्वस्वसहित जन्मकैद

रितुको हत्यारालाई सर्वस्वसहित
जन्मकैद

जनकपुरकी रितु महासेठलाई मैतीदेवीमा
छुरा प्रहार गरी हत्या गर्ने विमलेशप्रसाद यादवलाई
सर्वश्वसहित जन्म कैदको सजाय तोकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माको
इजलासले आइतबार उक्त सजाय सुनाएको हो। कान्तिपुर कलेजमा विविए
पहिलो वर्षमा अध्ययनरत महासेठको होस्टलबाट विवाहभोजमा जाँदै गरेका
बेला २०७० मंसिरमा हत्या भएको थियो।
रितु हत्या भएको एक सातापछि यादवलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेको
हो। पक्राउ परेका यादवले आफ्नो प्रेम प्रस्ताव अस्वीकार
गरेकोले रितुको हत्या गरेको प्रहरी समक्ष बयान दिएका थिए।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top