Monday, June 22, 2015

साप्ताहिक राशिफल ,२०७२ असार ६ गते — असार १२ गते सम्म को


साप्ताहिक राशिफल ,२०७२ असार ६ गते — असार
१२ गते सम्म को
=============================================
=====
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सुरुमा घरेलु कामकाज बन्नेछन्। केही समस्या देखिए पनि
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। लगनशीलताले
राम्रै उपलब्धि दिलाउनेछ। गुरुजनसँग आत्मीयता बढ्नुका
साथै सहपाठीहरूलाई उछिन्न सकिनेछ। विभिन्न अवसरले
पछ्याउनेछन्। कामका बाधाहरू स्वत: पछि हट्नेछन्। रचनात्मक
काम गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ। मन मिल्ने साथी
भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने सम्भावना छ।
रमाइलो यात्राको अवसर पनि जुट्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सुरुमा राम्रै लाभ उठाउने अवसर प्राप्त हुनेछ। हतारमा
निर्णय लिने बानीले काम बिग्रन सक्छ। पारिवारिक
समस्याले पिरोल्ने सम्भावना छ। आफन्तसँगको दूरी बढ्न
सक्छ। घरको सजावट र सरसफाइमा सचेत भइनेछ। बेसुरमा
अरूलाई वचन दिनाले अप्ठ्यारोमा परिने सम्भावना छ।
पेटको समस्याले सताउन सक्छ। प्रेमको नाटक गर्नेहरूले धोका
दिन सक्छन्। प्रतिशोधको तरंगले मन अशान्त हुनेछ। तापनि,
प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष कामको जग बसाउन
सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
बोली र व्यवहारले धेरैलाई प्रभाव पार्न सकिनेछ। नयाँ
काममा हात हाल्ने समय आएको छ। विशेष उपहार पाइने
सम्भावना छ। प्रशस्त आम्दानी काम वा रोजगारीको
अवसर समेत जुट्न सक्छ। बधबार र बिहीबार बेसुरमा अरूलाई
वचन दिँदा अप्ठ्यारोमा परिएला। पहिलेका गल्तीहरू
दोहोरिनाले काममा समस्या आउन सक्छ। अग्रजहरूको
प्रेरणाले मन दह्रो बन्नुका साथै आत्मबल बढ्नेछ।
सप्ताहान्तमा पढाइमा प्रगति हुनेछ। सेवामूलक काममा
जुट्नाले मानसम्मान पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ।
अभिव्यक्तिको प्रभावले अरूलाई मन्त्रमुग्ध बनाउन सकिनेछ।
प्रतिभा देखाएर दाम, नाम र इनाम हातपार्ने समय छ।
कामबाट मनग्य आम्दानी हुनेछ। अरूको मुख ताक्ने बानीले
काममा धोका हुन सक्छ। कुरा लगाउनेहरूले प्रेमसम्बन्धमा
समेत फाटो उत्पन्न गर्न सक्छन्। बुधबारदेखि स्थिति अलि
प्रतिकूल बन्न सक्छ। गोपनीयतामा ध्यान दि“दै
पारिवारिक सहयोग जुटाउने प्रयास गर्दा बिस्तारै फाइदा
उठाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
सुरुमा केही खर्च लागे पनि रचनात्मक काम प्रारम्भ गर्ने
समय छ। मान बढ्नुका साथै स्वादिष्ट भोजनको आनन्द
उठाउन पाइनेछ। पहिरन र साजजज्जामा अभिरुचि जाग्नेछ।
कुरा लगाउनेहरूले प्रेमसम्बन्धमा समेत फाटो उत्पन्न गर्न
सक्छन्। आफ्नो पक्षमा बोलिदिने कमै भेटिए पनि
परिस्थितिले संघर्ष गर्न सिकाउनेछ। बुद्धिले प्रतिस्पर्धीहरू
लाई झुकाउन सकिनेछ। परिस्थितिलाई बेवास्ता गदाँ दुःख
पाइनेछ। सप्ताहान्तमा रोकिएका काम बन्नेछन् र प्रशस्तै
फाइदा हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
सुरुमा मनग्य आम्दानी हुनाले तत्काल खर्चको मात्रा बढे
पनि धेरै आवश्यकता पूरा हुनेछन्। स्वच्छ मनले गरिएको प्रयत्न
सफल हुन सक्छ। दुर्भावनाले नजिकका साथीभाइ टाढिन
सक्छन्। परिस्थितिले खराब आचरण हुनेहरूको संगतमा
पुर्याउन सक्छ। प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा
जोगाउने चेष्टा गर्नुहोला। प्रेमको बन्धन कसिलो हुँदै
जानेछ। पार्टी वा भोजभतेरको निम्तो आउन सक्छ।
वादविवादमा अघि नसर्नुहोला। बौद्धिक प्रतिस्पर्धाले
तार्किक क्षमता बढाउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
प्रयत्न गरेको काम सजिलै सम्पादन हुनेछ। छोटो समयमा
पनि विशेष उपलब्धि हासिल गर्न सकिनेछ। आम्दानीको
ओइरो लाग्न सक्छ। परिश्रमअनुसार राम्रै फल पाइने ग्रहयोग
छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर मिल्नेछ।
बुधबार र बिहीबार खर्च बढ्ने सम्भावना छ। मालमत्ता
चोरी वा नष्ट हुन सक्छन्, सचेत रहनुहोला। लामो यात्रा
गर्ने मौका जुट्न सक्छ। सप्ताहान्तमा रोकिएका काम
बन्नुका साथै नयाँ काम सुरु गर्न सकिनेछ। भेटघाटमा मन
रमाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
परिस्थितिवश केही बाध्यतामा परिए पनि काममा
प्रतिष्ठा पाइनेछ। नाम चलेका व्यक्तिहरूसँग सहकार्य गर्दै
कीर्तिमानी काम सम्पादन गर्ने अवसर मिल्नेछ। विशिष्ट
व्यक्तित्वको संगतले दिगो फाइदा हुने काम वा नोकरी
दिलाउन सक्छ। विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
बुधबारदेखि थालिएका काममा अवरोध आउन सक्छ। अलि
असहज वातावरणमा समायोजित बन्नुपर्ला। सप्ताहान्तमा
विदेशभ्रमण गर्ने मौका मिल्न सक्छ। आर्थिक अभावले
सताउन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
सुरुमा काममा केही चुनौती देखिनेछन्। अप्ठ्यारो
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि धेरैको भलाइ हुने काम
सम्पादन गर्न सकिनेछ। सामाजिक काममा सहयोगी
भावना जागृत हुनुका साथै ऐतिहासिक धरोहरको संरक्षण
गर्न सकिनेछ। अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले
कीर्तिमान राख्ने अवसर प्रदान गर्न सक्छ। चरित्रमा दोष
देखाउनेहरूले प्रशंसा गर्न थाल्नेछन्। विशिष्ट व्यक्तित्वसँग
भेटघाट गर्ने अवसर प्राप्त हुन सक्छ। लगनशीलताले दाम,
इनाम र प्रतिष्ठा दिलाउनेछ, क्रियाशील रहनुहोला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
Capricorn :
सुरुमा रमाइलो यात्राका बीच फाइदाको व्यापार जम्न
सक्छ। तर, परिस्थितिले खुसीका तरंगहरूलाई संकुचित बनाउन
सक्छ। केही संघर्षको यात्रामा हिँड्नुपर्ला। चुनौतीहरूलाई
बिस्तारै पन्छाउन सकिनेछ। लगनशीलताले समस्या सुल्झाउँदै
सामाजिक प्रतिष्ठा दिलाउन सक्छ। गहिरो अध्ययनबाट
नयाँ निष्कर्ष निकाल्दै ज्ञानको दायरा बढाउने समय छ।
अप्ठ्यारो परिस्थितिमा गरिएको प्रयत्नले राम्रै फाइदा
दिलाउन सक्छ। सप्ताहान्तमा कर्मयोगले धेरैलाई प्रभावित
पार्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पुरुषार्थी काम सम्पादन हुुनुका साथै प्रियजनसँगको
भेटघाटले साता रमाइलो बन्नेछ। मित्रता र प्रेमको बन्धन
कसिनुका साथै विलासिताका वस्तुहरू उपहार पाइएला।
यात्रा गर्ने अवसर मिल्नुका साथै आतिथ्यपूर्ण सम्मान
पाइनेछ। विशेष उपहारका साथ स्वादिष्ट भोजनको आनन्द
मिल्न सक्छ। दिगो आम्दानीको स्रोत फेला पार्न
सकिनेछ। बुधबारदेखि खुसीका तरंगहरू केही संकुचित बने पनि
सप्ताहान्तमा पुन: उत्साह जाग्नेछ। समुदायको भलाइ हुने
काम गर्ने अवसर जुट्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
शारीरिक कमजोरी देखिए पनि काम बन्नाले उत्साह
जाग्नेछ। अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्न
सक्छ। आर्थिक पक्ष सबल बन्नुका साथै विलासी भौतिक
साधन जुटाउने अवसर प्राप्त हुनेछ। वर्गीय हक–हितका
लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ।
बुधबारदेखि तपाईंको काममा अरूले नै अधिकार जमाउन
सक्छन्, सचेत रहनुहोला। तपाईंको क्षेत्राधिकार संकुचित
बन्न सक्छ। स्वास्थ्य कमजोर बन्नुका साथै प्रेमसम्बन्धमा
पनि खटपटी आउने सम्भावना छ। —

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top