Sunday, June 14, 2015

पिसाब पोल्छ ? त्यसोभए यसो गर्नुस्……

पिसाब पोल्छ ? त्यसोभए यसो गर्नुस्……

पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर
नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । कहिलेकाहीँ यो समस्या
केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही
महिनौँ सम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा
पाइन्छ ।
पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको
संक्रमण, मृगौलामा पत्थरी, सरीरमा
पानीको कमी आदि ।
पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे
पत्तो नै हुँदैन । कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको
समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु
तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु,
मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले
समेत पिसाब पोल्नसक्छ ।
पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको
गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ । पिसाब
पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपाय यस्ता छन्ः-
१.प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो
भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २-३ लिटर
पानी पिउनु आवश्यक छ । सरीरमा
पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढि हुने,
यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब
नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणकेा
खतरा पनि हुन्छ ।
२. अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता
फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले
मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ ।
३. अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।
४.नरिवलको पानी पिउँदा पनि सरीरमा
पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम
हुन्छ ।
५. योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका
बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ
। त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुबि्रकेन्टको प्रयोग
गर्नु लाभदायक हुन्छ ।
६. यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको
लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।
७. मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले
पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको
पानी पिउनु समेत लाभदायी हुन्छ ।
एजेन्सी

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top