रिस उठ्दा यी काम नगर्नुस्
रिस उठ्दा झट्ट गरिने क्रियाकलापले आफूसँगै अरूलाई पनि हानि गर्न सक्छ
। रिस उठेको बखतमा यस्ता काम नगर्नुहोला ।
तत्काल नसुत्नुहोस्
रिस उठ्दा हामीमा नकारात्मक भावना उत्पन्न भएको हुन्छ ।
यसले शरीरमा नकारात्मक ऊर्जा उत्पन्न गराइरहेको हुन्छ ।
रिसाएको बेला सुत्न गइयो र निदाइयो भने रिसले निरन्तरता पाउँछ र
शरीरमा रिसका क्रममा उत्सर्जन हुने हार्मोनको मात्रा बढ्न
पुग्छ । यसले शरीरमा अनेक प्रकारका समस्या सिर्जना गर्न
सक्छ । त्यही भएर रिस मत्थर भएपछि मात्रै सुत्नु राम्रो
मानिन्छ ।
गाडी नचलाउनुहोस्
रिस उठेपछि वरिपरिका चिजलाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन आउ"छ ।
हरेक चिजलाई नकारात्मक नजरले हेरिन्छ । रिसाएको व्यक्तिले अधिक गतिमा
गाडी चलाउने गर्छ । यसो गर्दा दुर्घटनामा परिने जोखिम
बढी हुन्छ ।
नखानुहोस्
रिस उठेको बेला सम्यक भोजन गर्न सकिँदैन । रिसाएको बेला मानिसको मन र
शरीर दुवैमा यसको असर परेको हुन्छ । यस्तो अवस्थामा भोजन
गरियो भने या त बढी खाइन्छ या कम । त्यसैले रिस मत्थर
भएपछि भोजन गर्नु राम्रो हुन्छ ।
बहस नगर्नुहोस्
रिस उठेका वेला सही अथवा गलत छुट्याउने क्षमतामा ह्रास
आउँछ । रिसाएको बेला मानिस तर्कबाट नभई भावनाबाट नियन्त्रित हुन्छ ।
रिसाएको बेला बहस गर्दा सही कुरालाई पनि गलत भन्ने अथवा
अपशब्द प्रयोग गर्ने जोखिम बढी हुन्छ । रिस उठेको बेला
बहसमा सहभागी हुँदा कन्सिरी अझ तात्छ ।
यसले अरूसँगको सम्बन्ध बिगार्न सक्छ ।
फुट्ने सामान नबोक्नुहोस्
रिसाएको बेला छेउमा भएका वस्तुमाथि प्रहार गर्ने जोखिम ज्यादा हुन्छ । ऐना,
कप, सिसाका सामग्री लगायतको छेउमा रिसाएको बेला नजानु राम्रो
हुन्छ । साथै, रिस उठेको बेला हातमा मोबाइल फोन, आइपड, ट्याब, ल्यापटप,
नेटबुकजस्ता फुट्ने चिज नबोक्नु राम्रो हुन्छ । किनकि, रिसको झोकमा यस्ता
सामग्रीलाई भुइँमा बजारिदिने जोखिम पनि हुन्छ ।
निराश नहुनुहोस्
रिसाएको बेलामा निराश भइयो भने यसले अप्रिय परिणाम निम्त्याउन पनि सक्छ ।
रिसाएको बेला निराश भइयो भने विगत र भविष्यलाई पनि निराश तरिकाले हेर्न
पुगिन्छ र अप्रिय निर्णय लिन सकिन्छ । तसर्थ, रिसाएको बेला 'यो रिस भनेको
केही बेरका लागि हो, अहिलेको अवस्था गुज्रेर जान्छ र सबै
सामान्य हुन्छ' भन्ने सोच्नुपर्छ ।




0 comments: