साप्ताहिक राशिफल , २०७२ साउन १० गते देखि साउन १६, २०७२ सम्म को
=============================================
======
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आश्वासन
बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन
खिन्न रहनेछ। मंगलबारदेखि सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला
पर्नेछन्। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। धार्मिक क्रियाकलापमा रुचि
जाग्नेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक
प्रतिष्ठा दिलाउनेछ। सप्ताहान्तमा काममा चुनौती देखा पर्नुका साथै
शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् भने अर्थ अभावले आँटेको काम
स्थगित हुन सक्छ। प्रेमको नाटक रच्नेहरूबाट सजग रहनुहोला।
परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ। सुखदुःखमा साथ दिनेहरू कमै
भेटिनेछन्। व्यावहारिक झमेला पनि आइलाग्न सक्छन्। मंगलबारदेखि स्थितिमा
सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। टाढिएका
साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। चुनौतीहरू
पन्छाउँदै विभिन्न अवसर हात पार्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले
जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न
सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। मंगलबारपछि पारिवारिक
असमझदारीले काम रोकिन सक्छ। यात्रा खर्चिलो र कष्टपूर्ण
हुने सम्भावना छ। झूटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला
थपिदिन सक्छ। सप्ताहान्तमा बुद्धिको उपयोगले समस्या सुल्झाउँदै नयाँ
जिम्मेवारी हात पार्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
स्वास्थ्यमा मौसमी समस्या देखिए पनि भाग्य बलवान् रहनेछ।
आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई
अचम्मित तल्याउन सकिनेछ। अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक
कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। मनपर्ने
साथी भेटिए पनि मनको गाँठो खोल्न साइत प्रतीक्षा
गर्नुहोला। अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला।
व्यवसायमूलक भ्रमण गर्ने समय छ। सप्ताहान्तमा स्वास्थ्यमा ध्यान
पुर्याउनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी
ढाकछोप गर्दा दुःख पाइनेछ भने गल्ती सच्याउने प्रयत्नले गुमेको
प्रतिष्ठा दिलाउनेछ। मंगलबारदेखि स्वास्थ्यमा कमजोरी देखिए पनि
अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न
सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना देखिएकाले
गोपनीयतामा ध्यान दिनुहोला। सप्ताहान्तमा आर्थिक पक्ष सबल
बन्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न
सकिनेछ। राम्रै आम्दानी हुने रोजगारीको अवसर
मिल्न सक्छ। मंगलबारदेखि बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न
सक्छ। विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन
सक्छन्। परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला।
बिहीबारपछि स्थितिमा सुधार आउनुका साथै प्रयत्न गर्दा सजिलै
लक्ष्य प्राप्त गर्न सकिनेछ। पढाइलेखाइमा पनि प्रगति हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले
आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। पहिलेका
सहयोगीहरू प्रतिस्पर्धामा उत्रनाले काममा अप्ठ्यारो पर्न
सक्छ। हठी स्वभावले केही समस्या निम्त्याए
पनि जुझारु उपस्थितिले शक्तिशाली व्यक्तिहरूको मन जित्न
सकिनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन
ल्याउन सकिनेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो
समेत कसिनेछ। लगनशीलताले मनग्य आम्दानी
दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ। पारिवारिक
जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ। सबल
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सरल
जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। मित्रहरू
बढ्नेछन्। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ।
पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ।
बिहीबारपछि अरूको भरपर्दा काम बिग्रन सक्छ। पहिलेका
सहयोगी प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
प्रारम्भमा खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको
खोजीमा केही दौडधूप गर्नुपर्ला। नजिकका आफन्त
टाढिन सक्छन् भने नाता गाँस्नेहरूले केही दुःख दिनेछन्। रोकिएका
काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ। खर्च लागे पनि विदेशभ्रमणको
प्रयत्न सफल हुने समय छ। सप्ताहान्तमा मान र विद्या प्राप्त हुनेछ।
विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ। सन्दर
पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन
सकिनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
आम्दानी सामान्य भए पनि रकम जोगाउने चेष्टा गर्नुहोला। दिगो
फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। श्रमको
उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय
लाग्नेछ। टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर
जुराउन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ। रोकिएका काममा
दोहोर्याएर प्रयत्न गर्नुहोला। सप्ताहान्तमा भेटघाटले प्रसन्नता मिल्नेछ।
आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। नाम, दाम र इनाम हातपार्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउनुका साथै नाम, दाम र इनाम हातपार्ने
समय छ। अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ। दिगो
आम्दानी हुने काम सुरु गर्ने मौका छ। खर्च भए पनि लामो यात्रा
गर्ने अवसर जुट्नेछ। टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ। रचनात्मक काम गरेर पुरानो
पद्धतिमा सुधार ल्याउन सकिनेछ। तर्कशक्ति बढे पनि कुराकानी
गर्दा गोपनीयतामा ध्यान दिनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।
लगनशीलताले कीर्तिमानी दिलाउन
सक्छ। मंगलबारदेखि अवसरका लागि केही दौडधूप गर्नुपर्ला।
दुःख दिनेहरूले अलि सताउन सक्छन्। कामसमेत अवरुद्ध बन्न सक्छ।
केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि
बिहीबारदेखि पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर
जुट्नेछ। आम्दानीको स्रोत बढ्नेछ भने तत्काललाई
केही नोक्सानी देखिए पनि
दीर्घकालीन काममा लगानी गरिनेछ। —
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Sunday, July 26, 2015
साप्ताहिक राशिफल , २०७२ साउन १० गते देखि साउन १६, २०७२ सम्म को
Labels:
राशिफल




0 comments: