Saturday, July 4, 2015

किन गरिन्छ मुटुको इसीजी र इको टेष्ट ?

मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो।
यो हरपल चलिरहन्छ। छातीभित्र धड्किरहने यो सानो अङ्गले
शिरदेखि पैतालासम्म प्रभाव पारि राखेको हुन्छ। मुटु भित्रको तरङ्गलाई
रेकर्ड गर्न इलेक्ट्रोकार्डियोग्राफी र मुटुको भिडियो एक्स रे गर्न
इकोकार्डियोग्राफी को टेष्ट गरिने वरिष्ठ मुटुरोग विशेषक डा.
प्रकाशराज रेग्मीले बताए।
इसीजी (इलेक्ट्रोकार्डियोग्राफी) टेष्टमा
के गरिन्छ त?
यो एउटा यस्तो टेष्ट हो जसबाट मुटुको हृदयघात भए नभएको पता लगाउन
सकिन्छ। साथै यो टेष्टबाट मुटुको धेरै प्रकारका रोगहरुको जस्तै मुटुको धड्कन
र रक्तसञ्चारको स्थिति, मुटुको मांशपेसीका आकार लगायतका
रोगहरुको अवस्था पत्ता लगाउन सकिन्छ। मुटुको परिक्षण मध्ये यो सबैभन्दा
महत्वपुर्ण र जानकारीमूलक परिक्षण वा टेष्ट हो डाक्टर
रेग्मीले बताए।
इको (इकोकार्डियोग्राफी) टेष्टमा के गरिन्छ त?
यो टेष्ट एक किसिमको मुटुको भिडियो एक्स रे हो। यो टेष्टबाट मुटुको वनावट,
मुटुका भल्भहरुको अवस्था, मांसपेशीहरुको स्थिति, मुटु खुम्चिने
र फुक्ने ठीक तवरले भए नभएको लगायतका रोगहरुको अवस्था
पता लगाउन सकिन्छ।
साथै यो परिक्षणद्धारा जन्मजात मुटुका रोगहरु, बाथ–मुटुको रोग, मुटुका
मांसपेशीहरुको रोग, मुटुको ट्युमर लगायतका धेरै प्रकारका रोगहरु
पक्का गर्न सकिने डा. रेग्मीले बताए। यो परिक्षण
मुटुरोगीहरुले कम्तीमा वर्षको एक पटक र
आवश्यकता अनुसार अन्य समयमा पनि परीक्षण गराउनु र
गर्भवती महिलाका लाई पनि यो परीक्षण सुरक्षित
हुने डाक्टर रेग्मीले बताए।
मुटुको यी दुबै टेष्ट एउटै प्रविधि र एउटै मेसिनबाट गरिन्छ।
मेसिन भने कम्पनी अनुसार फरक फरक हुने र गर्ने प्रक्रिया
भने एउटै भएको डाक्डरहरुले बताए।
इलेक्ट्रोकार्डियोग्राफी र इकोकार्डियोग्राफी
परीक्षणमा पनि अस्पतालले भने आफू खुशी
मनपरी शुल्क असुल गरिरहेका छन। मुटुको टेष्ट गर्दा मुटु
रोगीले इलेक्ट्रोकार्डियोग्राफीमा सस्तोमा २ सय १०
रुपैयाँदेखि मँहगोमा ४ सय २० रुपैंयाँ सम्म तिर्नु पर्छ।
त्यस्तै इकोकार्डियोग्राफीमा सस्तोमा ११ सय रुपैंया देखि महँगोमा
२८ सय २५ रुपैयाँ तिर्नु पर्छ। उपत्यकामा सञ्चालित केहि नाम चलेका
निजी अस्पतालमा सेतोपाटीले गरेको अनुगमनमा यस्तो
पाईएको छ। समान शुल्कमा टेष्ट गर्ने अस्पताल फेला पार्न सकिने अवस्था
छैन।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top