Saturday, July 18, 2015

भारतमा म्युजिक भिडियो सुटिङ गर्ने क्रममा नेपाली मोडलको मृत्यु:


भारतमा म्युजिक भिडियो सुटिङ गर्ने क्रममा नेपाली मोडलको मृत्यु
=============================================
साउन , म्युजिक भिडियोको सुटिङका लागि भारतको नयाँ
दिल्लीमा रहेको नेपाली टोली शोकमा
परेको छ ।
भिडियोकी नायिका मोडल सविना विकलाई रेलले
ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
तस्बिर लिने क्रममा रेलको हावाले उनी ढलेकी थिईन्

त्यसै क्रममा उनको मृत्यु भएको अक्सिजन मिडिया
प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्र वलीले बताए ।
नेपाली
भिडियोको भारतमा सुटिङको संयोजन समेत सविनाले नै
गरेकी थिइन् । प्रबन्ध निर्देशक ओलीका अनुसार
सातवटा
मध्ये पाँच वटा गीतको सुटिङ सकिएको छ ।
भारत गएको भिडियो सुटिंग टोलीमा निर्देशक नवीन
पन्त, छायाकार मुकेश हुमागाइँ, मेकअप आर्टिस्ट उर्मिला
राई, थिए । यस्तै, कलाकार अर्जुन श्रेष्ठ र सबिना बिक
थिए ।
प्रमोद खरेल, सागर थापा, केसु पुन, सागर अबिरल जिसी,
बलबीर चलाउने, हीरा अन्जलीका
आवाजमा रेकर्ड भएका
गीतमा प्रेमप्रकाश, मायालु डा. गोविन्द आचार्य, सागर
अबिरल जिसी, खेमराज गाउँले, प्रसाद लामेछाने,
वीरेन्द्र
ओली, खिम बिवस ओली, दीप दर्पणको
संगीत रहेको छ ।
यही टोलीको संयोजन गरिरहेकी नायिका
तथा मोडल
विकको दुर्घटनापछि सुटिंग टोली अहिले मनोहर
लोहिया अस्पताल नयाँ दिल्लीमा छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top