Sunday, August 2, 2015

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल ,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
उठ्नुपर्ने रकम समयमा हातलागी नहुन सक्छ। अर्थ अभावले
केही काम स्थगित हुने सम्भावना छ। नियमित काम बिग्रने
भयले सताउला। मेहनत गर्दा अवसर भने पाइनेछ। नजिकका
साथीभाइ टाढिए पनि टाढाका शुभचिन्तकहरूले साथ दिनेछन्।
सहयोगको याचना गर्दा समयमात्र व्यतीत हुनेछ। आफ्नै
प्रयत्नले बिस्तारै काम बन्नेछन्। अप्ठ्यारो समयमा गरिएको प्रयत्नले नतिजा
राम्रो निस्कनेछ भने औंलो ठड्याउनेहरूलाई पनि जवाफ दिन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
आफ्नो क्षेत्रमा अरूको प्रभाव बढ्न सक्छ। नाम चलेका व्यक्तित्वहरूसँग
प्रतिस्पर्धा गर्नुपर्ला। कीर्तिमानी काम सम्पादन भए
पनि आफ्नो प्रतिभा ओझेलमा पर्न सक्छ। विद्वान्हरूको संगतले नयाँ ज्ञान
सिक्ने अवसर प्राप्त हुनेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। दाम, इनाम र
प्रतिष्ठा कमाउने बेला छ। बिहीबारदेखि खर्च बढ्नुका साथै काममा
अवरोध आउन सक्छ। पारिवारिक जमघटका बीच देखापर्ने
समस्याले अप्ठ्यारो पार्न सक्छ, सजग रहनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको
सहयोग जुट्नाले विशेष अवसर पाइनेछ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने
अवसर जुट्नेछ। आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त
हुनेछन्। मंगलबार र बुधबार नजिककाले धोका दिनुका साथै अप्ठ्यारोमा पार्न
सक्छन्, सचेत रहनुहोला। बिहीबारदेखि स्थिति अनुकूल
बन्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
सप्ताहान्तमा यात्राको अवसर जुर्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
सुरुमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ।
अस्वस्थताका बीच कामको बोझ थपिने सम्भावना छ। मंगलबारदेखि
स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ।
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ
हुनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा दिगो फाइदा हुने
काम सुरुआत हुन सक्छ । छोटो समयमा प्रशस्त आम्दानी हुने
योग छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
परिवेश रमाइलो रहे पनि आवेशको निर्णयले दुःख पाइनेछ। आक्षेपहरू
आइलाग्नेछन् भने आफ्नो पक्षमा बोलिदिने कमै भेटिएलान्। चिताएको काम
बिग्रनाले मन खिन्न रहन सक्छ। आर्थिक पक्ष पनि कमजोर बन्ने देखिन्छ
। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । बिहीबारदेखि
स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।
लगनशीलता एवं बुद्धिको उपयोगले काम बन्नेछन्। सप्ताहान्तमा
मानसम्मान पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन
सक्छ। प्रेमको नाटक गर्नेहरूले धोका दिन सक्छन्। अनावश्यक क्षेत्रमा
ध्यान दिनाले झमेला आइपर्ला। मनको डरले पनि सताउन सक्छ। सद्विचारले
अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। मंगलबारपछि प्रतिकूल परिस्थितिमा
पनि साथ दिनेहरू भेटिनेछन्। मेहनतले परिस्थितिलाई अनुकूल बनाउन
सकिनेछ। भौतिक साधन जुट्नाले रोकिएको काम सम्पादन हुनेछ। नयाँ ज्ञान
सिक्ने अवसर समेत जुट्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। प्रतिष्ठा र
अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई पछि
पार्न सकिनेछ। खर्चको मात्रा भने बढ्न सक्छ। व्यापारमा ठूलो फाइदा उठाउन
नसकिए पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। प्रेमको नाटक
गर्नेहरूले सताउन सक्छन्। साताको अन्त्यमा परिस्थिति प्रतिकूल देखिए पनि
प्रतिष्ठित व्यक्तित्वको साथ जुट्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउने मौका छ। टाढिएका
आफन्तहरू नजिकिनेछन्। शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। कामको
रामै्र मूल्यांकन हुनेछ। बौद्धिक प्रतिभाको धेरैले तारिफ गर्नेछन्। अधिकार
स्थापित गर्न संघर्षमा उत्रनुपरे पनि नतिजा आफ्नो हातमा पार्न सकिनेछ।
प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। प्रेम र मित्रताको बन्धन
कसिने सम्भावना छ। रमाइला ठाउँको भ्रमण गर्ने मौका छ। कृषि तथा व्यापारमा
मनग्य फाइदा उठाउन सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
सुरुमा केही चुनौती देखिए पनि मेहनतले विभिन्न
अवसर जुटाउन सकिनेछ। प्रतिपक्षीहरूले पनि काममा सहयोग
जुटाउन सक्छन्। तर, अरूको मात्र भर पर्दा महत्वाकांक्षा पूरा नहुन
सक्छ। पारिवारिक असमझदारीले केही समस्या
निम्त्याउन सक्छ। पठनपाठनमा त्यति समय दिन नसकिएला। ईर्ष्या
गर्नेहरूले दुःख दिन सक्छन्। आश्वासन बाँड्नेहरू प्रशस्त भेटिए पनि
गोपनीयतामा ध्यान दिँदै प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला। आर्थिक
पक्ष सबल बन्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
सुरुमा बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम
बनाउन सकिनेछ। चिनजानले अवसर दिलाउन सक्छ। मानसम्मान समेत पाइनेछ।
प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ।
सहयोगीहरू जुट्नाले व्यवसायमा राम्रै फाइदा हुनेछ।
बिहीबारपछि परिवारजनमा असमझदारी बढ्नुका साथै
काममा बाधा पुग्ने सम्भावना छ। पठनपाठनमा समय दिन नसकिएला। व्यापारमा
पनि लाभांश गुम्ने ग्रहयोग देखिन्छ, सचेत रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सुरुमा लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। काममा
अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच
विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला। बोलीको
कारणले विवादमा परिएला। शुभचिन्तकहरूले तपाईंको कमजोरीप्रति
टिप्पणी वा गुनासो गर्न सक्छन्। मंगलबार र बुधबार
सहयोगीबाटै धोका पाइने सम्भावना छ। आफन्तजनमा पनि
असमझदारी बढ्ने सम्भावना छ। सप्ताहान्तमा पारिवारिक
सहयोगले काम बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
सुरुमा केही खर्च लागे पनि चिताएको काम बन्नेछ। व्यवसायमा
लगानी बढाउने मौका जुट्न सक्छ। असन्तुलित खानपानले पेटको
समस्या आउने समय छ। आफ्नै विषयमा विवाद उठे पनि केही
समयलाई वादविवादबाट टाढै रहनु बेस हुनेछ। मनमा काम बिग्रने डरले
सताउन सक्छ। उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र
हातलागी हुनेछ। मानसम्मानमा पनि आघात पुग्न सक्छ।
सहयोगको आस देखाउनेहरूले धोका देलान्, आफ्नै प्रयासले मात्र काम
बन्नेछ।
स्रोत : लक्ष्मीप्रसाद बराल , Jyotishacharya LAXMI
PD. BARAL © Copyright : baralguru, All Rights
Reserved —

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top