Sunday, August 30, 2015

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
वि.सं.२०७२ भाद्र १३गतेदेखि वि.सं.२०७२भाद्र१९गतेसम्म

मेष(चु,चे,चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल
रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि
क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ ।
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सोमबारपछि
खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनुहवस् ।
कल्पना र भावनामा केन्दित भइने छ । बोलीको
विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा
राख्नुहोला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । बुधबारपछि
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । सन्तति र
भाइबहिनीका पक्षबाट समेत सन्तोष मिल्नेछ ।
व्यवसायिक क्षेत्रमा लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका
साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ
। साताको अन्त्यमा धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ ।
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र
सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।
बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि
हट्नु नै बेस हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले
प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग
सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम
र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । सोमबारपछि पछाडि कुरा
काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा
नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र
प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र
प्रेमीप्रेमिकाको मिलन हुने समय हो । बुधबारपछि
पारिवारिक वातावरण अनुकूल हुने छैन । मानसिक एवं बौद्धिक
क्षमता ह्रासता आउने छ । नजिकैका व्यक्तिबाट अपमान वा
अपजस सहनु पर्ने हुनसक्छ । आर्थिक लगानी
गर्नु भर पर्दो देखिन्न । सामान हराउने सम्भावना छ । साताको
अन्त्यमा अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक
उपार्जन हुने योग छ । नोकरीबाट सन्तोष लिन सकिनेछ
। उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु
भएको छ भने अनुकूल छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस साताको प्रारम्भमा कतै लामो दूरीको
लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक
उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा
लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र
जिम्मेवारी हात पार्ने मौका छ । सोमबारपछि व्यापारमा
प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला
। मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने
समय छ । बुधबारपछि आत्मबल बढ्ने छ । मातापिता र अभिभावक
वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ
हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र
राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । साताको अन्त्यमा विश्वास गरेका
व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अशान्ति र
अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । पारिवारिक समस्याले
मन खिन्न हुनेछ । दीर्घकालीन
लगानीले पिरोल्न सक्छ । प्रतिकूल समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा सानातिना काम र घरेलु समस्यामा नै समय
व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने
र ढिलो गरी कार्यसम्पादन हुने समय छ ।
सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ ।
स्वास्थ्यमा समस्या हुनसक्छ । सोमबारपछि मान्यजन र
अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ
पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ
ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै
लाभदायक समाचार सुन्न पाइएला । बुधबारपछि हाकिम वा विशिष्ट
व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । जग्गाजमिनको कारोबार
गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र
नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट पनि
राम्रै सहयोग प्राप्त हुनेछ । साताको अन्त्यमा धर्मकर्ममा रुचि
बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा
प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने
सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा
जिम्मेवारी मिल्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान
सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य
जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी
साधन प्राप्तिको योग पनि छ । सोमबारपछि शरीरमा
आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा
मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा
हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम
बढी समय लगाएर गर्नु पर्ला । प्रतिकूल समयले घेरेको
छ । बुधबारपछि पुराना साथीभाइसित अचानक भेटघाट
हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्मसिद्धिको समय छ ।
सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ
हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । साताको अन्त्यमा
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन
सक्छ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त
आम्दानी हुने सङ्केत पनि छ, आम्दानी
गरिएको धन नाश हुने सम्भावनासमेत छ । आलोचनाबाट बच्नुहोला

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा काममा अधिकार प्राप्तिका लागि तर्क, बहस
र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र
शत्रुहरूको चलखेल बढ्नाले केही
चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा
समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । सोमबारपछि लामो
समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ ।
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि
सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र
मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । बुधबारपछि
व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र
कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा
रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु
होला । अकारण वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने
क्षेत्रमा लगानी हुनेछ । साताको अन्त्यमा
उत्साहपूर्वक काम गर्नुहोला । यात्राको समय छ, धार्मिकस्थल,
देवालय आदिको भ्रमण हुन सक्छ, साथै मनोरञ्जन प्राप्त
हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । पुराना कुरा र
यादमा कुनै समय यापन हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा सन्तति पक्ष र भाइबहिनीले
खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र
ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक
सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र
सन्तोषप्रद रहने छ । सोमबारपछि
प्रतिद्वन्द्वीहरूसित सतर्क रहने दिन हो ।
परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ ।
जीवनसँगीसित ठाकठुक पर्न सक्छ ।
मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा
समस्या आउनसक्छ । बुधबारपछि
जीवनसाथी वा
विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना
कुरा राख्नका लागि राम्रो छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने
समयसमेत छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि
हुनेछैन । साताको अन्त्यमा चोटपटकको भय हुनेछ । झुठो
फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं
विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता
अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको
तानाबुना रच्ने प्रयास गर्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस साताको प्रारम्भमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।
शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन ।
प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ
। चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ ।
धैर्यले काम लिने समय छ । सोमबारपछि कुनै विशेष
खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम
गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन
हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ ।
समय रमाइलो गरी बित्नेछ । बुधबारपछि अध्ययन,
अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आफन्तले
समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र
छटपटी व्याप्त हुने छ । स्वास्थ्यमा
गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ
। साताको अन्त्यमा रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न खान पाइने
र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र
शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ ।
विपरीतलिङ्गी सहयात्रीबाट
प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा पराक्रम र उत्साह बढ्नेछ । उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ
दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र
व्यावसायिक काममा भने केही चुनौतीको
सामना गर्नुपर्छ । सोमबारपछि परिवारभित्रका झिनामसिना काममा धेरै
समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण
निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा
अर्काको भर नपर्नु नै राम्रो हो, परिवारकै सदस्यबाट धोका
हुनसक्छ । बुधबारपछि व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त
हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक
जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । साताको
अन्त्यमा पेसागत र व्यवसायिक स्थिति बिग्रँदै जानेछ । आर्थिक
समस्याले सङ्कट उत्पन्न हुनसक्छ । स्वास्थ्य
सम्बन्धी विविध समस्याले मानसिक रूपमा विचलन
ल्याउने छ । हडबड र शीघ्रताले काम गर्ने
प्रवृत्तिमा नियन्त्रण गर्नुस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम
हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ
लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने
योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित
मूल्याङ्कन होला । सोमबारपछि सामाजिक कामबाट प्रशंसा प्राप्त
हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा
सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ ।
मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ
। बुधबारपछि परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन
वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा
घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।
महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो
हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । साताको अन्त्यमा
बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ ।
आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । प्राप्त गरेको
ज्ञान अरुलाई बाँड्ने बेला हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ
प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा पारिवारिक सुख मिल्नुका साथै अध्ययन—
अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक
क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था
हुनसक्छ । सोमबारपछि प्राविधिक काममा विशेष सफलता प्राप्त
हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार,
साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका
व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक
वातावरणमा हर्षको वातावरण बन्नेछ । बुधबारपछि सामाजिक कार्यमा
नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश
प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने
छ समयलाई पर्खिनु होला । यो समय विशेष महत्वको समय
हुनेछ । साताको अन्त्यमा घरायसी वातावरणमा
केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन
पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ ।
पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात
हुने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा समाजमा तपाईंका कुरा काट्नेको
कमी हुने छैन । आकस्मिक यात्राको समय छ, तर
यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको
भाव बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन
सक्दैन । सोमबारपछि रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने
योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको
भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई
आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ ।
बुधबारपछि मनमा बसाइ सर्ने, सरुवा हुने वा व्यवसाय वा पेसामा
परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात
हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो
हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ ।
साताको अन्त्यमा भाइबहिनीका तर्फबाट
खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र
सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको
सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र
दुग्धव्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्नेछन् ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top