कथाकार – भक्त घिमिरे
हावाजतिकै वेगले हल्ला फैलियो जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा छुट्ने भयो । आफू छुट्न नपाए पनि न्यायको पक्षमा बोल्न आँट गर्ने एकजना योद्धा छुट्ने भएकोमा जेलका सारा राजबन्दीहरू खुशी थिए ।आज ११ नोभेम्बर । राजा जिग्मे सिंगेको जन्मोत्सव । विश्वमा दयालु धर्मराजको रूपमा देखिन खोजिरहेका यी अन्यायी राजा आफ्नो जन्म दिनमा केही बन्दीलाई क्षमादान दिएको ढोंग रचेर जनप्रियता र सर्वश्रेयको भागिदार बन्ने प्रयास गर्दैथिए । रेड़क्रशको बन्दीगृह सर्वेक्षण अभियान चलिरहेकै थियो । अनुसन्धानको क्रममा जसले बन्दीहरूमाथि भएको अन्यायको सवालमा युक्तिसंगत कुरा राख्नसक्छ उसैलाई छिट्टो छिट्टो त्यहाँबाट हटाउनु भन्ने राजाज्ञालाई पालन गर्दै प्रशासनले पनि बिरेलाई नै छुट्पुर्जी दिने सिफारिश गरेको थियो ।
थिम्पूको चाम्लिमिथाङ खेलमैदानमा भव्य कार्यक्रम आयोजना गरिएको छ । सरकारी भद्रभलाद्मी र विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू अतिथिका रूपमा आइसकेका छन् । सैन्य परेड़्को सलामी, बिगुलको धून र बाजागाजाका साथ मञ्चमा राजाको सवारी आगमन भो । दरबारबाट सिफारिशप्राप्त केही खबरकागज र रेडियोका कर्मीहरू पनि छन् । केही पश्चिमी र भारतीय सञ्चारका अधिकांश प्रतिनिधिहरूलाई विशेष स्थानमा राखिएको छ । सबै राजाको सवारीमा एकाग्र चित्त ध्यान दिइरहेका छन् । जय जयकार र ढोग-दण्डवतमा दर्शकहरू दत्तचित्त भएका देखेर विदेशीहरू मख्ख छन् । घुमी घुमी फोटो खिच्ने र आमुख लेख्ने टिप्पणीहरू खोज्नमा उनीहरू व्यस्त नै थिए ।
मञ्चमा सजाइएको राजसिंहासनमा विराजमान राजाको अगाड़ि आर.बी.पी.को भ्यानमा अघिदेखि गुम्सिरहेको बिरेलाई ल्याएर हाँजिर गराए केही जवानहरूले । उसले धर्ती चुमेर ढोग-दण्डवत गरेन राजालाई । उसले न त कुनै अभिवादनको संकेत नै गर्यो । ऊ अचल उभियोमात्र राजाको नजरमा नजर मिलाएर । बिरेको दृढ़ताका अघि बरु राजाको नजर नै गिर्यो कुनै अज्ञात-अपराधबोधमा ! शासकीय आदेश-उर्दी र प्रचलित दरबारीय नियमविपरीत थियो बिरेको आचरण । ल्योन्पो र जोङ्दाहरू, धेरै डासोहरू हतप्रभ भए, भित्रभित्रै कुँड़िएर राजातिर नजर पोखे । तर राजाले विदेशी पाहुनाहरूतिर संकेत गरी चुपको संकेत गरेपछि सबै शान्त बने । बिरेलाई त्यहाँ कसैले केही भन्ने आँट पनि गरेन । राजाले ‘किदु’ (विशेष माफी) दिन ठिक्क पारेको प्रार्थीलाई केही गर्नु पनि भएन । तर, भयो के भने, उसको जिल्लामा खबर गरी तत्काल उसका परिवारलाई देशनिकाला गरी सीमा कटाउने आदेश भयो जोङ्दालाई ।
छोरो बिरेलाई जेल लगेदेखि नै सैनिक ज्यादती र अन्यायको कालरात्रीमा बाँचिरहेका परिवारलाई देश छोड्ने भए बिरे पनि जेलबाट छुट्नेछ भनेर जाली कागजमा देशत्यागको शर्तनामा गराइयो । लालवीरले देशत्यागको कुरामा अस्वीकार गर्दा घरमा आगो लगाए सरकारी खिच्चाहरूले । आगो निभाउन प्रयास गरिरहेको बिरेको भाइले जलेर ज्यान गुमायो । रातारात उनीहरूलाई बिरेलाई जेलबाट जिम्मा बुझ्न जाने भन्दै देशको सीमाना पारि लगेर धकेलियो । सीमाबाट भित्र प्रवेश गरे गोलीको शिकार बन्ने चेताउनी दिइएकोले बिरेको खोजीमा देश फिर्न आँट पुगेन बिरेको वृद्ध बाबु लालवीरमा । एउटा छोरो सरकारले खायो, अर्को आगोले ! कुँड़िएको हृदय र सुन्निएका आँखा बोकेर लागे लालवीर बाजे पनि विदेशको बाटो !
‘जनप्रिय दयानिधि’-को नाटकीय कृपा थापेर जेलमुक्त भएको बिरे कहिले परिवारसित भेटौंला र अतीतको वेदना बाँड़ेर हल्का हुन पाउँला सोची यात्राको गति बढाइरहेको छ । आजै ऊ फुन्छोलिङसम्म झरेर सीमा नाघी पैदल जयगाउँ पस्यो । एउटा अतिथि आश्रममा बास मागेर बस्यो । होटलमा बस्ने अठोट त कहाँबाट गरोस्, शासन र प्रशासन सबैले नंग्याएको गरीब ठिटो ।
ऊ बास बसेको हनुमान मन्दिर आश्रमका सञ्चालकले बेलुकी सामान्य परिचयपछि बिरेलाई धेरै कुरा सुनायो । ऊ चारमहिनाअघि जेल गएपछिको अन्तरालमा गाउँमा धेरै परिवर्तन भइसकेको कुरा सुनायो । रातारात गाउँबाट हजारौं नागरिकहरूलाई सिमाना कटाइएको कुरा भन्यो । भूटानमा आफन्तहरू धेरै भएको आश्रम सञ्चालकले पनि खिन्नता व्यक्त गर्यो बिरेसामु !
भोलिपल्ट बिहान भालेको डाकमा उठेर बिरे फुन्छोलिङबाट गेलेफू जाने बीजीटीएसको बस पर्खिन थालेन । ऊ भारतीय नम्बर प्लेटको एउटा मालबाहक ट्रकमा ड्राइभर सरदारजीलाई विन्ति गरेर चढ्यो । सरदारजीले पनि आसामको बगाइँगाउँसम्म पुर्याइदिने भयो । हाँसिमारा, बाह्रोबिसा, श्रीरामपुर, गोसाईगाउँ….कछुगाउँ हुँदै आसामको कोक्रझार नजिकै सम्थाईबाढी पुगेपछि बिरेले ड्राइभरलाई गाड़ी रोक्न भन्यो र ओर्ल्यो ।
फेरि पनि ट्रकमै लिफ्ट मागेर बिहानको ११ तिर गेलेफू पुगेको बिरे दिनको करिब एक बजे आफ्नै गाउँ पुग्यो । आफ्नो बारीको डिलमा पुगेर घरतिर हेर्यो…। घर भएको स्थानमा घर त देखिएन ! खरानीको कालो थुप्रोमात्र छ । घर वरिपरिका सुपारी-नरिवलका बोटहरू टुप्पैबाट सुकेका छन्, सुकेकामात्र होइन, आगोको धुवाँले पिसोल्टिएका ! बिरेको मुटुमा चिसो हावा पस्यो । छिमेकी गाउँलेहरूले देश छोड़िसकेकाले आमा-बाबु अन्तै सरेर बसेका होलान् भनेर आफैंलाई थुम्थुम्यायो बिरेले । यति छोटो अवधिमा यति धेरै परिवर्तन ! बिरे घोरियो । माथिल्ला घरे ल्हाक्पा आशेङ, तल्ला घरे पाख्रीन च्याङ्बा, पल्ला घरे चामलिङ काका र भस्मे गाउँको कुन्डले सार्की दाइ, कोही पनि छैनन् …कोही एक त हुनपर्ने ! मनभरि यस्तै द्विविधाहरू बोकेर आफ्नो आँगन टेक्यो बिरेले । देख्यो आफ्नै आँखाले सारा अस्तित्व जलेर खरानीमाथि नै झार-जंगल पल्हाउन थालिसकेको ।
असले सानो छँदा ढुंगा खोपेर बनाएको आमा-बाबुको प्रतिमा काँटिले घरको मूलखाँबोमा झुण्डाएको थियो । जलेर आधा रहेको मूलखाँबोमा त्यो ढुंगाको प्रतिमा पनि धुवाँले पुरिएर कालो, नचिनिने भइसकेको । यो दृश्यले बिरेको हृदयमा बज्रपात भयो । एक्कासी आवाज निस्क्यो बिरेको मुखबाट, ‘आमा….!’ तर नीर्जिव प्रतिमाले जवाफ फर्काएन । त्यहाँ केवल शून्यता छायो, मानौ कसैको मृत्यु हुन लागिरहेछ…अथवा चट्याङ परेर सबै मृत्युको प्रतीक्षामा छन् । बिरेको ‘आमा…’ शब्द सुनेर होला शायद, आँगन डिलमा फुलिरहेको चमेली फूलको फेदबाट चुइँकिदै लुसुक्क सानैदेखि बिरेले प्यारो गरी पालेको पांग्रे कुकुर आएर बिरेको खुट्टामा लुट्पुटियो । पुच्छर हल्लाउँदै पछाड़िका दुई खुट्टालेमात्र टेकेर ठिंग उभिँदै बिरेलाई स्वागत गर्यो पांग्रेले । हुँ…हुँ…बाउ…बाउ….गर्दै पांग्रेले बिरेलाई सारा पोल खोल्यो । गाउँको भयावह स्थिति, जतासुकै अन्याय-अत्याचार, कहालीलाग्दो सामाजिक परिस्थिति…सरकारी दमन सहन नसकेर तिम्रा आमा-बाबुले देशको सिमाना काटे-भनेर भन्यो शायद पांग्रेले…तर, विचरा बिरे पशुवाक्य के बुझोस्, निःशब्द उभिइरह्यो !
बिरेको शरीर काँप्यो । पसिना खल्खली आयो । खु…इ…या ! लामो सुस्केरा तान्यो र आँगनको डिलमा गई बस्यो । शून्याकाश नियाल्दै बिरे सोचमग्न भयो-आमा-बा र भाइ-बहिनीहरू कहाँ गए होलान् ? यतिकैमा छिमेकी पेमा वाङ्दी आइपुग्यो र अचम्म मान्दै भन्यो पेमाले-‘‘अरे…! बिरे भाइ, तिमी त जेलमा थियो, यो मिलिशिया पुलिसहारूले चीन तिम्रो गारमा आगो जालाएर तिम्रो बाइ पनि मार्यो । तिम्रो आमा-बाबुलाई राति नै पुलिसले बोर्डर कटायो । दुई दिनसम्म त दादघारी प्रदीप बुढाथोकीको गारमा थियो, बेट्नु गाको थियो, मैले पनि बेट्यो !’’ मलिन अनुहार बनाएको पेमाले भन्दै गयो-‘‘जाने बेलामा तिम्रो कुरा गर्योः मैले सरकारले छोड्योपछि म राखिदिन्छो तिम्रो बिरेलाई भन्यो त…राम्रो राखिदे है मेरो छोरालाई…, भन्दै रुँदै गोयो आमा र बाबु त !’’ केही रोकिएर फेरि बोल्यो पेमा,‘‘तिमी मेरो घरमा हिँड् । म पाल्छु तिमीलाई । आमा-बाबु यो देशको जागारा (झगड़ा) सकेर सरकारमा मिलेपछि आउँछ फर्केर । सुर्ता नागार्नु आबो ! सरकारको मान्छे सोध्यो पछि, तिमीलाई सानोदेखि मैले पालेको केटा हो भन्छु ! तिम्रो नाम चीन आबो डेन्डुप बनाउँछ आजुदेखि ! उठ् उठ्, आबो जाने’’, भन्दै बिरेको हात समाएर उठाउन खोज्छ पेमा । बिरे उठेन । उठ्तैन बिरे केही गरे । बिरे मनमनै भन्छ-‘‘आज पेमाको पछि लाग्नु भनेको कतै गएर लुक्नु हो । जसरी मुसो डर लागेपछि प्वालमा पस्छ र जब उसको डर हराउँछ तब ऊ चारैतिर हेरेर प्वालबाहिर निस्कन्छ । त्यसै गरी म पनि स्थिति शान्त भएपछि आफू लुकेको गाउँबाट निस्कनुपर्नेछ । आखिर मैले किन भेष बद्लेर डरबाट भाग्नुपर्ने ? मेरो नाम किन डेन्डुप ? के यही हो मेरा सन्तानले देश छोड्नुपर्ने कारण? हामी बहुसंख्यकले विदेशिनुपर्ने कारण मेरो नाम बिरबहादुर, बाबुको नाम लालवीर, आमाको नाम आइतीमाया, बहिनीको नाम निर्मला, भाइको नाम चन्दन भएरै हो त ! नत्र किन मेरो परिवारले देश छोड़ी भाग्नुपर्ने ? पेमा, दावा, नीमाको घरमा किन आश्रय लिनुपर्ने ?’’
हुन त पेमाको घरमा बिरेलाई सत्कार गर्ने कुरामा कुनै शंका थिएन । पुस्तौंदेखि उनीहरू एउटै परिवारझैं छिमेकी भएर बसेका थिए । खाने कुरा र सामान्य लेनदेनसमेतको हिसाब-किताब हुन्नथ्यो उनीहरूका परिवारबीच, सबै बराबरी ! बिहान ओछ्यानमै घिउ र नून हालेको सुजा, दिउँसोको भोजनमा एमादाछी र भात, बेलुकी तारेको आलुदम र थरी थरीका तरकारी-भात । मासु छाकै नटुट्ने ! राति पनि बिरेको घरमाभन्दा आरामदायी बिछ्ना-तकिया । तर स्वभालम्बी मानिसलाई यति नै पर्याप्त कहाँ हुन्छ र ? बिरेले किन बराबर हैसियतको नागरिक भएर पनि पेमासमक्ष यसरी सुरक्षाको याचना गर्नुपर्ने ? पेमा पनि आखिर त्यही गाउँको एउटा मानिस न हो । जे भोग्यो पेमाले विगत जीवनमा बिरे सहभागी छ अनि जे देख्यो पेमाले पूर्वकालमा बिरे पनि जानकार छ । तब किन बिरेलाई यसरी आफ्नै गाउँमा हराएर बाँच्नुपर्ने बाध्यता ? पेमा वाङ्दीले त यसरी आफ्नो घर, देश छोडेर भाग्नु, लुक्नु पर्दैन त ? यो देश जति पेमाका निम्ति हो त्यतिकै बिरेका निम्ति पनि त थियो ! नागरिक हक-अधिकार दुवैको समान नै हुनुपर्ने हो ! तर, पेमाझैं आफ्नै रीतिथिति र अस्तित्वमा शिर खड़ा गरेर बिरे किन उभिन पाउँदैन ? बिरे पनि यही माटोको सन्तान होः यसलाई कसैले नोक्शान नपुर्याओस् भनेर पेमाले किन दाबी गर्न सक्तैन ?
बिरेको मस्तिष्कमा पेमाले भनेको एउटा वाक्य चहलपहल गरिरहेको छ-‘‘यो देशको जागारा सकेर सरकारमा मिलेपछि फर्केर आउँछ !’’ बिरे विश्लेषणसहित केलाउँछ –यहाँ सरकारसित कसले झगड़ा गरेको छ र ? झगड़ा वा दंगा भनेको दुई उग्रपक्षका बीच झड़प्, आवेशमा आएको तनाव, भिड़न्त वा कुस्तीलाई भनिन्छ । यहाँ सरकारसँग कसले कुस्ती खेलेको छ । यहाँ त केवल सबलपक्षले निर्बल पक्षलाई अतिक्रमण गरेको छ । निमुखा समुदायलाई उनीहरूको हक-अधिकारबाट विमुख गराइएको छ । झगड़ा नभई यहाँ त एउटाले अर्कोमाथि हमला गरेको छ । सरकारले यो समुदायलाई निर्मूल गर्ने षड्यन्त्र रचेको छ । धेरै समयसम्म बिरेले आफ्नो घर जान नमानेपछि पेमा एक्लै बाटो लाग्यो । बिरेको कारुणिक अवस्थाले पेमाको हृदय पनि पग्लिन्छ र तरलतामा आँखाबाट वर्षिन्छ ।
पेमा ओझेल परेपछि बिरे बसेको ठाउँबाट जुरुक्क उठ्यो । गम्भीर मुद्रा लिएर प्रतिशोधको भावनाले बाँधिएको चाम बल्ल खोलिन्छ । हो निः त ! चेतनशील मान्छेले दाल-भात, डुकुमात्र होइन, त्यहाँ आफ्नो स्वः छ-छैन छाम्छ, भित्री आँखाले हेर्न खोज्छ । प्रतिशोधको फिलिङ्गो पाल्छ मुटुमा उसले ।
अब बिरे हिँड़्नमात्र के लागेको थियो, फुकेको केशराशी गाला छेउछाउ आँसुले भिजेर सुकेका दागहरू, एउटा विराट, भयानक प्रतिशोधको ज्वाला दन्किएझैं चेहरा बोकेकी नारी देखा परी, योल्मो ! बिरे छक्क पर्यो । ‘‘के भयो योल्मो दिदी?’’ जिज्ञासु नजरले हेर्दै सोध्यो बिरेले ।
‘‘के भयो भन्नु र भाइ, जो हुनु भइहाल्यो, अब समाधानतिर लाग्नुपर्छ ’’, एकै सासमा भन्छे योल्मो । बिरे केही बोल्दैनः मनमनै भन्छ, विचराले के दिनमा विजय दाजुसित सम्बन्ध गाँसिछ, त्यसैले यो हालत भएको छ आज ! योल्मो आफ्नो मर्म चपाउँदै बोल्छे, ‘‘बिरे भाइ, तिम्रो आमा-बाबु पनि विजयहरू भाको ठाउँमै गएको होला पक्का ! जाऊ तिमी पहिले बाबु-आमा भेट !’’
‘‘होइन दिदी, तपाईं पनि जाउँ…खोज्दै पुगिएला विजय दाजु भएको ठाउँमा !’’ बिरेको यो वाक्य नटुंगिँदै बोल्छे योल्मो फेरि,‘‘अ…हँ, म त बरु सड़कमा बास बसेर भएपनि यो देशको जनजीवनलाई जागृत गराउँछु . विजय र मैले त कसम खाएका छौं यो देशको व्यवस्था परिवर्तन गर्ने । यतिमात्रै हो, विजय आमा-बाबुलाई केही समयको निम्ति खाने-बस्नेको ठेगान लगाएर आउँछ । म बेसाहरा, एकली टुहूरी ! मेरो त को छ र…मैले साहरा दिनुपर्ने ! विजय नै मेरो सांगे (भगवान) हो, ऊ आउँछ अथवा मलाई उतै बोलाउँछ, त्योभन्दा पहिले म एक पाइला पनि यो देशको सिमानातिर बढ़ाउने छैन ।’’
‘‘योल्मो दिदी, यो कसमको भागिदार आजसम्म तपाईंहरू दुईजनामात्र हुनुहुन्थ्यो भने आजदेखि तीनजना भयौं, यो भाइको विश्वास गर्नुस दिदी ।’’ यति भन्दै भूमिको माटो टिपेर आफ्नै निधारमा टीका लगाउँछ बिरे ।
‘‘तीनजना होइन, चारजना भन न बिरे ।’’ योल्मो बोल्छे मन्द मुस्कानसँगै । ‘‘को को नि’’, बिरेको प्रश्न । ‘‘तिमी, म, विजय र…’’, आफ्नो पेटमा भएको बच्चातर्फ संकेत गर्दै योल्मो खिस्स हाँस्छे । तब दुवैको ओठबाट हाँसो छुट्छ । अनि सुखको हाँसो के हाँसो दुःखको हाँसो पो हाँसो त-भन्ने उक्ति चरितार्थ हुन्छ । दुवै हाँस्छन मन खोलेर आँखाभरि आँसु ढलपल पार्दै ।
आफ्नो नाममात्रको परिवारले विजयसित सम्बन्ध गाँसेर गर्भवती भएको कुरा थाहा पाएर त्यही निहुँमा आफूलाई बेघर बनाई एक लावारिस मृतकझैं आफलिएको बेहालत बिरेलाई पटक्कै सुइँको दिन्न योल्मो । बरु तुरन्त भारत हुँदै नेपाल पुगेर आफ्नो र विजयको पारिवारिक अवस्थाबारे पत्तो लगाउन आग्रह गर्छे बिरेलाई । यतिकैमा दुवै सांगे पेञ्जोरको किराना दोकानमा पुगिसकेका रहेछन् । त्यही दोकानमा एउटा कागजको टुक्रा र कलम मागेर बिरेको हातमा थमाउँदै विजयलाई पत्र लेखिदिन अनुरोध गर्छे योल्मो बिरेसँग । अब योल्मो बिजयसँग छुट्टिएको दिनपछि हृदयमा थुनिराखेका आजसम्मका सम्पूर्ण मर्मस्पर्शी वेदनाका पोकाहरू खोल्छे । योल्मो भन्दै जान्छे, बिरे लेख्दै । अन्तमा पत्र लेखी सिध्याएपछि योल्मोले पट्याएर बिरेको खल्तीमा हालिदिन्छे । बिरे एकोहोरिएर योल्मोलाई नै हेरिरहेको छ । बिरेको अभिव्यक्ति मूक शैलीमा बोलिरहेछ । योल्मोलाई घरबाट धर्म बाबु र आमाले लखेटेको कुरा थाहा नभए पनि उनीहरूको योल्मोप्रतिको रुष्ट व्यवहारबारे जानकार नै थियो । आफ्ना भएका आमा-बाबुको अनिश्चितताले यति पिरोलेको छ आफूलाई तर, योल्मोले त जन्मदाता आमा-बाबुको अनुहारसम्म देख्न पाइन जीवनमा । प्रौढ़ सामाजिक अन्धविश्वासको आधारमा बुझ्नेहरूका निम्ति बिरे एक मर्द, नवयुवक, आपत्ति सहने जिम्मा पुर्षकै हो तर, योल्मो ! योल्मो त ‘अबला नारी’, अझ गर्भवती पनि । के गति होला उसको ! बिरेको मस्तिष्कमा यिनै विचारहरू खेलिरहे ।
यतिकैमा योल्मोले बिरेलाई नेपालसम्म पुग्ने भाड़ा-रकमको जोहो गर्ने जुक्ति निकाल्न थाली । आफ्नो बाबु कर्माले स्कूलको खर्च चलाउन केही दिनलाई दुईसय रुपियाँ सापटीको हिसाबले मागेर लानु भनेको बताउँदै दोकाने सांगे पेञ्जोरलाई आग्रह गरी उसले । यसरी सांगेबाट दुई सय न्युगुल्ट्रम बिरेको खल्तीमा हालिदिन्छे योल्मो ।
अहिले दिनको ठिक तीन बजेको हुँदो हो । बिरे र योल्मो निर्देशक हराएको कलाकारझैं भौंतारिँदै फनफ्ने, डाँड़ागाउँ, कालीखोला, चिसो पानी, लोद्राई, सेतीखरे हुँदै गेलेफू बजार पुगे । अब विदाइको समय, बिरेलाई योल्मोबाट छुट्टिन निकै कठिन परिरहेको थियो ।
सबै कुरा पत्रमा लेखिएका भए निः केही मौखिक विशेषताका कुरासमेत बिरेलाई भनेर पठाउने मनाशयले नजिकैको ड्रूक होटलमा पस्ने संकेत गरी योल्मोले । दुवैले स्थान ओगटेपछि चियाको अर्डर हुन्छ । चिया पिउँदै बिरेलाई सम्वेदनशील कुराहरू सम्झाउन सचेतता अपनाउने अग्रहसहित भन्छे, ‘‘बिरे भाइ, बाहिर गएपछि धेरै सुख पायौ भने आफ्नो देश, राष्ट्रियता भुल्दैनौ होला नि?’’
‘‘योल्मो दिदी, कस्तो कुरा गर्नुभा’ निः? तपाईंलाई मेरो पत्यार लाग्दैन ?’’ यसरी नै केही बेरको वार्तालाप टुंगिएपछि योल्मोलाई एक्लै छोड़िराखेर बाटो लाग्यो बिरे । समय ढल्किसकेकोले ऊ दादघारीसम्म आएर प्रदीप बुढाथोकीकै घरमा बास बस्यो भोलिपल्ट बिहान गाड़ी समात्ने विचारले । प्रदीपको घरमा सुतेर राति सम्झ्यो बिरेले, यस्तै हुँदोरहेछ राजाको ‘किदु !’